प्रदेशसभा बैठक चउरमा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २९, शनिबार १६:१३

जनकपुरधाम । मधेशको प्रदेशसभा बैठक चउरमा बसेको छ । उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेशसभा प्रांगणकै चउरमा प्रदेशसभा सञ्चालन गरेकी हुन् ।

बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले संसद अधिवेशन बोलाउन प्रस्ताव राखेका थिए । उपसभामुख ईशरले अधिवेशन बोलाउन कर्मचारी नभएको तथा विभिन्न समस्या भएको बताएकी थिइन् ।

पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका थिए । सोही अनुसार प्रदेशसभा बैठक चउरमै बसेको हो ।

त्यसअघि ७ दलका प्रदेश सांसदहरू १ घण्टाजति प्रदेशसभा भवनको अगाडि प्राङ्गणमा बसेका थिए । पछिल्लो समय मधेशमा राजनीतिक संकट बढ्दो छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.