मधेशका ५ सांसद पदमुक्त गर्ने सभामुखकाे निर्णयमा सर्वाेच्चकाे अंकुश

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १, सोमबार १७:०१

काठमाडाैं । सर्वोच्च अदालतले मधेशका ५ सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।

सोमबार न्यायधीश नित्यानन्द पाण्डेको इजलासले  अल्पकालीन आदेश जारी गरेकाे हाे ।

सांसद सञ्चयकुमार यादवले आफूहरूले सभामुखको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले आदेश दिएको बताए ।

आफूविरुद्ध सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै सभामुखले लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै जसपा नेपालका सञ्जय कुमार यादव (सर्लाही), मनिषकुमार सुमन(सप्तरी), सिंगासन सा कलवार (पर्सा), शंकर प्रसाद कलवार(बारा) र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह (सर्लाही) लाई पदमुक्त घोषणा गर्दै सूचना टाँस्न लगाएका थिए ।

भोलिपल्टै उपसभामुखले मण्डलले प्रतिशोध साँधेको भन्दै उक्त निर्णय बदर गरिएको सूचना निकालेकी थिइन् । त्यसपछि सांसदहरू सर्वाेच्च पुगेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.