
विराटनगर । रोकी राखेको मोटरसाइकलबाट अचानक सुरु भएको आगोले ताप्लेजुङमा ४ घर जलेर नष्ट भएको छ ।
मिक्वाखोला गाउँपालिका- ४ साँवा तेम्बामा ४ घर जलेर नष्ट भएको हाे ।
स्थानीय गजेन्द्र थलङका अनुसार राेकेर राखेकाे माेटरसाइकलमा लागेकाे आगाे घरमा सक्लिएकाे थियोे । ४ घर जल्दा ५ परिवार विस्थापित भएका छन् ।
४ वटै घरमा होटल व्यवसाय र पसल थियोे ।क्षतिको विवरण संकलन भइरहेका प्रहरीले जनाएको छ ।

























