तारानाथ निरौला कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १२:४०

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ ।

कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय लिएको हो । यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।

उनको राजीनामा स्वीकृत गर्दै सरकारले निरौलालाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो । उनसँग बैंकिङ क्षेत्र तथा स्थानीय तहको लामो अनुभव छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.