राष्ट्रिय उर्जाशील पार्टीले पायाे दल दर्ताकाे प्रमाणपत्र

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ५, शुक्रबार २२:२४

विराटनगर । राष्ट्रिय उर्जाशील पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान स्वतन्त्र सांसद योगेन्द्र मण्डलको नेतृत्वमा गठन भएकाे  राष्ट्रिय उर्जाशील पार्टीले शुक्रबार दल दर्ताकाे प्रमाणपत्र पाएकाे हाे ।

आयोगका सचिव महादेव पन्तले पार्टी अध्यक्ष मण्डललाई दल दर्ताको प्रमाणपत्र प्रदान गरे ।

पार्टीको चुनाव चिन्ह ‘चापाकल’ तोकिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मण्डल स्वतन्त्र उम्मेदवारका रूपमा सोही चुनाव चिन्हबाट मोरङ क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।

राष्ट्रिय उर्जाशील पार्टीको केन्द्रीय समिति २७ सदस्यीय रहेको छ । अध्यक्षमा योगेन्द्र मण्डल छन् । पार्टी प्रवक्ताको जिम्मेवारी सुनिल दाहाललाई दिइएको छ भने संगठन विभाग प्रमुखकाे जिम्मेवारी विनय गजुरेलले पाएका छन् । अन्य पदाधिकारीको टुङ्गो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ ।

पार्टीकाे केन्द्रीय समितिमा चिकित्सक र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु छन् ।

पार्टीले नेपाली माटो सुहाउँदो ‘नेपालवाद’को सिद्धान्त विकास गर्ने अध्यक्ष मण्डलले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.