मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १४:२६
फाइल फोटो ।

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ मा आज (आइतबार) भएको मोटरसाइकल दुर्घटनामा परी १९ वर्षीय युवकको मृत्यु भएको छ ।

दिउँसो करिब १२:३० बजे लिचिबगान जाने भित्री सडक खण्डमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अन्दाजी १९ वर्षीय सुरज नुनियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सप्तरी, राजबिराज नगरपालिका–१ घर भई हाल मोरङ, बुढीगंगा गाउँपालिका–४ मा बस्दै आएका थिए ।

स्थानीय राशी वर्कशपमा काम गर्दै आएका नुनियाको टाउको, खुट्टा र नाकमा गम्भीर चोट लागेको थियो । इलाका प्रहरी कार्यालय नेमुवाबाट गएको टोलीले तत्काल घाइतेलाई उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पताल, गंगाचोक पठाएको थियो । अस्पताल पुर्याइएका उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.