
विराटनगर । नेकपा (एमाले) नेता महेश बस्नेतमाथि विराटनगरमा भएको दुर्व्यवहार प्रयासमा नेविसंघका कार्यकर्ता संलग्न भएको पुष्टि भएपछि विद्यार्थी सङ्गठनका सभापति दुजाङ शेर्पाले कारबाहीको चेतावनी दिएका छन् ।
आइतबार बस्नेत विमानस्थल हुँदै विराटनगरबाट सुनसरी जाने क्रममा उनी सवार गाडीमा नेविसंघ कार्यकर्ताले रातो रङसहितको बेलुन प्रहार गरेका थिए। उक्त कार्यमा संलग्न सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता भएको पुष्टि भएको छ ।
घटनापछि सभापति शेर्पाले सामाजिक सञ्जालमार्फत सङ्गठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन् । उनले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेपाल विद्यार्थी संघको नीति र चरित्र नभएको बताएका छन् ।

























