अराजकता नरोकिए प्रतिरोधमा उत्रिने चेतावनी (विज्ञप्तिसहित)

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १९:०२

काठमाडौं । नेकपा (एमाले)ले गठन गरेको नेसनल भोलिन्टियर्स फोर्सले सुधन गुरुङलगायत जेनजीका नाममा भइरहेका अराजकता रोक्नुपर्ने जनाएको छ ।

गुरुङको समूह र जेनजीका नाममा भइरहेका अराजक गतिविधि नरोकिएमा प्रतिरोधमा उत्रिने चेतावनी फोर्सले दिएको छ । फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले विज्ञप्ति जारी गर्दै सुशीला कार्की नेतृत्वको असंवैधानिक सरकारले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको उल्लेख गरेका छन् ।

एमाले नेता महेश बस्नेत र भानुभक्त ढकाल चढेको गाडी विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा २ जना युवाले आइतबार रातो मसीले भरिएको बेलुनको लोला प्रहार गरेका थिए । उक्त घटनाप्रति ध्यानाकर्षण भएको फोर्सले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको छ । सुदन गुरुङको समूहले शनिबार एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको विषयमा पनि ध्यानाकर्षण भएको फोर्सले उल्लेख गरेको छ ।

यस्तो छ विज्ञप्ति

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.