
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गरेको छ ।
संसद पुनस्थापनको माग गर्दै आएको एमाले तत्काल प्रतिनिधिसभा निर्वाचनको विपक्षमा छ । कांग्रेस, नेकपासहितका दल निर्वाचनकाे पक्षमा उभिएपछि एक्लिएकाे एमालेले मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गरेकाे हाे ।
दल दर्तापछि एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ताको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए ।
निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ छ ।
























