
विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद पुनस्थापना हुने बताए । मंगलबार कोशी प्रदेशसभाको जलेको र बन्दै गरेको भवन निरीक्षण गर्दै यस्तो बताएका हुन् ।
‘हाम्रो संविधानले यसरी विघटन गर्न दिदैन,’ उनले भने,‘ संविधान सम्वत संसद् भङ्ग गर्ने ठाउँ छैन, र संसदबाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन ।’
उनले प्रतिनिधिसभा पुनस्थापना हुने बताए । ‘न्यायालयमा गएको छ, हामी आशावादी छौँ, न्याय ठीक ढङ्गबाट हुँदाखेरि संसद् पुनर्स्थापना भएर जान्छ,’ उनले भने ।
























