फागुन २१ को निर्वाचनका लागि ६८ दल दर्ता

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ९, मंगलबार १६:२१

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, दल दर्ताको समयसीमा मंसिर १० गतेसम्म तोकिएकोमा मंगलबारसम्म ६८ दलले दर्ता गराइसकेका छन् ।

निर्वाचनमा भाग लिनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले पनि आयोगमा दल दर्ता गराएका छन् । तर, एमालेले भने एकातर्फ प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ भने अर्कोतर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराएको छ ।

यद्यपि, एमालेका नेताहरूले पुनर्स्थापनानै मुख्य बटमलाइन रहेको बताएका छन्। प्रवक्ता भट्टराईले बाँकी दलहरूलाई समेत समयमै दर्ता हुन आह्वान गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.