
विराटनगर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १४५ जनाले मनोनयन दर्ता गरेका छन् । आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ४६ जना प्रतिनिधि छनोट हुनेछन् । जसका लागि १४५ जनाको उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रतिनिधिसभाका क्षेत्र ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । २१ खुला, १५ महिला, ३ दलित र ७ यूवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
मोरङ क्षेत्र नं. १ को खुला तर्फ ४ प्रतिनिधिका लागि १३ जना, ३ महिलाका लागि ८ जना र एक यूवा प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. २ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि १२ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ६ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि २४ जना, महिला तर्फ ३ प्रतिनिधिका लागि ७ जना र यूवा तर्फ २ प्रतिनिधिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नं.४ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ७ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ५ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि ४ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ५ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ८ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ४ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि २ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ६ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि ११ जना, महिला तर्फ ३ प्रतिनिधिका लागि ५ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि ७ जनाको उम्मेदवारी परेको छ ।
दलित क्षेत्रको खुल्ला तर्फ २ प्रतिनिधिका लागि ७ जना, र महिला तर्फ एक प्रतिनिधिका लागि ३ को उम्मेदवारी परेको छ ।
आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने महाधिवेशन प्रतिनिधिका लागि मंसिर १३ गते हुने निर्वाचन हुँदैछ ।
























