एमाले नेता महेश बस्नेतविरुद्ध नाराबाजी

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार १३:४५

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शनले निरन्तरता पाएको छ । बुधबार बिहान कैलालीको धनगढी बजारमा पनि युवाहरूले प्लेकार्डसहित बस्नेतको विरोधमा प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेपछि नेता बस्नेत जेनजी युवाहरूप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । बस्नेतको अभिव्यक्तिपछि जेनजी युवाहरूले पनि विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

नेता बस्नेतले विभिन्न कार्यक्रममा सहभागी हुँदा युवाको प्रतिरोध सामना गरिरहनु परेको छ । बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा बस्नेत सहभागी हुने खबर पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो।

इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए। मंगलबार सुर्खेतमा पनि युवाहरूको एक समूहले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.