फलामे गेटले किचेर इटहरीमा वृद्धको मृत्यु

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १०:५१
सांकेतिक तस्बिर

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मनकामना चोकमा रहेको कलाकार बिक्रमश्री इटहरी म्याट्रीक्स पार्कमा फलामको गेटले किचेर एक वृद्धको मृत्यु भएको छ । बुधबार राति करिब ११:०० बजेको समयमा सोही पार्कमा बस्दै आएका अन्दाजी ७४/७५ वर्षीय कालुराम कार्कीलाई गेट खोल्ने क्रममा भित्री भागपट्टि एक्कासि ढलेको फलामे गेटले किचेको अवस्थामा फेला पारिएको थियो ।

घटनाको जानकारी राति ११:१० बजे इलाका प्रहरी कार्यालय इटहरीमा प्राप्त हुनसाथ तालतलैयाबाट प्रहरी टोली खटिई घटनास्थलमा पुगेर सुरक्षा घेरामा राखिएको थियो।

आज बिहान प्रहरी निरीक्षक तोरण परियारको कमाण्डमा टोली खटिई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको छ । शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। मृतकका छोरा भुपाल कार्कीलाई घटनाको जानकारी गराई घटनास्थलमा बोलाइसकिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र कसरी गेट ढल्न पुग्यो भन्नेबारे थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.