एमाले ११औँ महाधिवेशन : मोरङ –६ बाट सन्तोष घिमिरेको उम्मेदवारी

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १२, शुक्रबार ०९:३०

विराटनगर ।नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट युवा नेता सन्तोष घिमिरेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेका छन् । घिमिरेले खुला युवा (४० वर्ष मुनि) कोटाबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा स्थापित भएका घिमिरेले आफ्नो दुई दशक लामो राजनीतिक लगानी र योगदानको कदर गर्दै प्रतिनिधिमा निर्वाचित गराउन अपिल गरेका छन् ।

२०६० सालदेखि नेकपा एमालेको पूर्णकालीन कार्यकर्ताका रूपमा सक्रिय घिमिरे विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । अनेरास्ववियुको विभिन्न कमिटी हुँदै उनले अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र कोशी प्रदेश कमिटीको सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

‘पार्टीको सुख र दुःख दुवैमा साथ दिएको छु, अब नीति निर्माण तहमा युवा आवाज बुलन्द गर्न महाधिवेशन प्रतिनिधिको रूपमा उम्मेदवारी दिएको हुँ,’ घिमिरेले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.