रास्वपा र विवेकशील साझा एकीकृत हुँदै

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १०:२१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा आज (आइतबार) पार्टी एकता घोषणा हुँदैछ। विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले दिएको जानकारी अनुसार, एकता घोषणा सभा आज दिउँसो राष्ट्रिय सभागृहमा आयोजना गरिँदैछ।

रास्वपाले असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको जनाएको छ। विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त रूपमा एकतामा जाने निर्णय गरेको थियो।

विवेकशील अभियानको सुरुवात वि.सं. २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा भएको थियो। वि.सं. २०७० मा ‘विवेकशील नेपाली दल’ गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने वि.सं. २०७९ असार ७ गते स्थापना भएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.