एमाले महाधिवेशनको तयारी तीव्र: लोगो र मूल नारा सार्वजनिक

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १४:४०

काठमाडौँ । नेकपा (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) र मूल नारा आज (आइतबार) सार्वजनिक गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको लोगोमा धरहरा, राष्ट्रिय झन्डा र सूर्यभित्र हँसिया हथौडा समेटिएको छ। पार्टी सचिव पद्मा अर्यालका अनुसार, यो लोगोमा पार्टीको इतिहास, नेतृत्व र सङ्कल्पका साथै परिवर्तनप्रतिको उत्साह समेटिएको छ। त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिङ्गल पनि सार्वजनिक गरिएको छ। महाधिवेशनलाई लक्षित गर्दै एमाले प्रचार विभागले आज साँझबाटै ‘सूर्य खबर’ नामक प्रचार सामग्री प्रकाशित गर्ने तयारी गरेको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार सम्पन्न गरिसकेको एमालेले तयारीलाई तीव्र बनाएको छ। महाधिवेशनको उद्घाटन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.