
काठमाडौं । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका उर्जा तथा भाैतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । आइतबार उनले फाेटाे सार्वजनिक गरेका हुन् ।
फाेटाे सार्वजनिक गर्दै घिसिङले फेसबुकमा लेखेका छन्– ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’
बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।
























