राप्रपाको निर्देशन नमानेपछि मन्त्री कञ्चन विच्छालाई सांसद पदबाट हटाउन पत्राचार

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार ११:३४

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन विपरीत मधेस प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन विच्छालाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्न प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ ।  पार्टीको नीति र निर्णय विपरीत नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठित सरकारमा सहभागी भएपछि राप्रपाले उनलाई हटाउन यस्तो कदम चालेको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार छाड्न निर्देशन दिँदा पनि विच्छाले त्यसलाई अवज्ञा गर्दै वन तथा वातावरण मन्त्रीको रूपमा काम गरिरहेकी थिइन्। राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित पठाइएको पत्रमा राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम उनलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरी सोको सूचना जारी गर्न अनुरोध गरिएको छ।

आइतबार प्रदेशसभालाई पठाइएको उक्त पत्रमाथि आज (सोमबार) निर्णय हुने सम्भावना रहेको जनाइएको छ। विच्छा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गठित सरकारमा बिना विभागीय मन्त्रीको रूपमा सहभागी भएकी थिइन् । पछि वन तथा वातावरण मन्त्री भएकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.