
विराटनगर । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीका पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएका खतिवडा सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभामा एमाले छाडेर नेकपा प्रवेश गरेका हुन् ।
खतिवडालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले स्वागत गरे ।
पार्टी प्रवेश गर्दै खतिवडाले नेकपा एमालेले कम्युनिस्ट सिद्धान्त छाडेका कारण आफू नेकपामा प्रवेश गरेको बताएका छन् ।
नेकपा एमालेका एक महत्त्वपूर्ण जिल्लास्तरीय नेता नेकपामा प्रवेश गर्नुलाई यस क्षेत्रको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा लिइएको छ ।
























