अपाङ्गता भएकाहरूको हकहितका लागि आवाज उठाइँदै

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार १०:२९

काठमाडौँ । ‘अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नारासहित अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) देश विदेशमा मनाइँदैछ।

यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

यस अवसरमा विभिन्न संघ–संस्था, अपाङ्गता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ।

प्रभातफेरी खुल्लामञ्चबाट सुरु गरी भृकुटीमण्डपमा सभामा पुगेर सभा गरिने भएको छ । यसैगरी, देशका अन्य जिल्लामा पनि अपाङ्गता भएकाहरुको हकहितका लागि आवाज उठाउँदै यो दिवस मनाइँदैछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.