
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका बहालवाला महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेको छ । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।
आयोगको टोलीले बुधवार नै दुवै जनालाई पक्राउ गरी विशेष अदालतमा उपस्थित गराएको छ । उनीहरूलाई अहिले बबरमहलस्थित विशेष अदालतमा उपस्थित गराइएको छ र आज (बुधबार) नै उनीहरूविरुद्ध अभियोग पत्र दायर गर्ने तयारी भइरहेको छ।

























