मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा 

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार १५:३१
मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा 

विराटनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । उनले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका हुन् ।

बुधबार विश्वासको मत लिन प्रदेशसभा पुगेका मुख्यमन्त्री यादवले आफ्नो भनाइ राख्दै राजीनामा घोषणा गरे ।
उनी रोस्ट्रममा  बोलिरहँदा नेपाली कांग्रेससहित ७ दलका सांसद बाहिरिएका थिए ।

उनीसँग नेकपा एमालेका २४, राप्रपा नेपाल १ र नेपाल संघीय समाजवादीका १ गरी कुल २६ सांसद मात्रै समर्थन रहेका छन् । बहुमतका लागि ५३ सांसदको समर्थन चाहिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.