चुनाव तयारीः प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार १४:०३

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्नका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। निर्वाचनको वातावरण तयार गर्ने उद्देश्यका साथ प्रधानमन्त्री कार्कीले भोलि (शुक्रबार) अपराह्न ४ बजेका लागि उक्त बैठक बोलाएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, जेनजी (युवा) प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, र निर्वाचन आयोगलगायतका सरोकारवाला निकायहरूलाई आमन्त्रण गरिएको छ।

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ। निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छिन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.