
विराटनगर । राज्यले उपेक्षा गर्दा मुसहर समुदाय सामाजिक हिसाबले पछाडि परेको मुसहर समुदायका अगुवाहरुले बताएका छन् । नेपालका मूलबासी भएपनि राज्य र उच्च वर्गले शोषण गरेका कारण पछि परेको बताएका हुन् ।
उच्च शिक्षा अध्ययनरत विद्यार्थीको सम्मान कार्यक्रममा बोल्दै मुसहर समुदायका अगुवा नेपाल राष्ट्रिय मुसहर संघ कोशी प्रदेशका सल्लाहकार गंगा सदाले राज्य र समाजले उपेक्षा गर्दा आफ्नो समुदाय खोला किनार र ऐलानी जग्गमा बस्न बाध्य भएको बताए ।
मुसहर समुदायकी अभियन्ता सुस्मीता ऋषिदेवले मुसहर समुदायका महिलाहरुको अवस्था नाजुक रहेको बताइन् । कम उमेरमा विवाह हुने गरेको, शिशु मृत्युदर बढी रहेको, सुरक्षित अवासको अभावमा समस्या झेल्नु परेको उनले बताइन् ।
राष्ट्रिय मुसहर संघका कोशी प्रदेश अध्यक्ष राजु ऋषिदेवले सरकारले मुसहर समुदायको लागि मुसहर आयोग निर्माण गर्नुपर्ने बताए ।























