पाँचथरका प्रहरी चौकीहरू पुनःस्थापित

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १५:५०

विराटनगर । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसपछिको सुरक्षा चुनौतीका कारण विस्थापित भएका पाँचथर जिल्लाका ७ वटा प्रहरी चौकी पुनःस्थापना भएका छन् । सुरक्षा खतरालाई मध्यनजर गर्दै सदरमुकाम केन्द्रित गरिएका ती चौकीहरू स्थानीय बासिन्दाको मागपछि पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पुनःस्थापना भएका चौकीहरूमा प्रहरी चौकी सिंहापुर, गोपेटार, फलैंचा, अस्थायी प्रहरी पोस्ट भुल्के, ओयाम, थोक्लिम्बा र आङसराङ रहेका छन् । प्रहरी चौकीहरू सदरमुकामसहित विभिन्न चौकीमा गाभिएपछि स्थानीय बासिन्दाले पुनःस्थापनाको माग गर्दै आएका थिए । प्रहरी नहुँदा आपराधिक घटनाहरूमा वृद्धि हुने र आसन्न निर्वाचन सुरक्षामा समेत प्रभाव पर्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले विस्थापित चौकीहरूमा चरणबद्ध रूपमा प्रहरी कर्मचारी पठाइएको जानकारी दिए । सिंहापुर र भुल्केमा बिहीबार प्रहरी पुगेका थिए भने अस्थायी प्रहरी पोस्ट ओयाममा शुक्रबार कर्मचारी पठाइयो । अन्य प्रहरी चौकीहरूमा भने केही दिनअघि नै कर्मचारी पुगिसकेको डीएसपी कर्णले बताए । स्थानीयको माग सम्बोधन गर्दै सुरक्षा अवस्थालाई सुदृढ पार्न ती चौकीहरू पुनः सञ्चालनमा ल्याइएको हो ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.