
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् ।
संविधानको धारा १६८ को २ बमोजिम उनले प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका हुन् । ६ दलको समर्थनमा शुक्रबार उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
उनकाे पक्षमा ७७ प्रदेश सांसद छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ सांसदकाे समर्थन यादवलाई छ ।
























