‘निर्वाचनका लागि आयोग सबै हिसाबले तयार’

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार १३:००

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन् । निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा उनले तयारी सुनिश्चित भएको बताए।

सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध मिलायो र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोहीअनुसार काम गरिरहेकोले निर्वाचनको वातावरण थप सुनिश्चित भएको कार्यबाहक प्रमुख आयुक्त भण्डारीले बताए।

उनले आजै प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा आयोगले निर्वाचनका लागि आफू पूर्ण तत्पर रहेको स्पष्ट राख्यो।

कार्यबाहक प्रमुख आयुक्त भण्डारीले बजेटको केही अपर्याप्तता भए पनि अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम निकासा दिने प्रतिबद्धता दियो। अब आयोगले नियमित कार्यक्रम अघि बढाउने उनले बताए। यो कुरा सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनिएको उनले उल्लेख गरे।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.