सर्वोच्चको आदेशले रोकियो सडक विस्तार

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार १६:३३

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतको आदेशका कारण राष्ट्रिय लोकमार्ग विस्तारको कार्य हाललाई स्थगन गरेको जनाएको छ।

सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी भएको उत्प्रेषण आदेश मंसिर २१ गते कार्यालयलाई प्राप्त भएपछि यो निर्णय गरिएको हो।

यो निर्णयले गर्दा सडक विस्तारको विषयमा हेटौँडामा ठूलो अन्योल सिर्जना भएको छ। यसअघि शनिवार मात्रै हेटौँडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सीमा बढाउने भन्दै डिभिजन कार्यालयले डोजर चलाएर सयौँ संरचनाहरू भत्काएको थियो।

सयौँ घर टहरा भत्काइएको भोलिपल्टै सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो। सडक डिभिजन कार्यालयले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै सर्वोच्चको आदेशलाई सम्मान गर्दै विस्तारको कार्य तत्कालका लागि स्थगन गरिएको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.