प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार २०:०२

विराटनगर । प्रतिनिधिसभा पुनर्स्थापनाको रिट निवेदन लिएर नेपाली कांग्रेले पनि सर्वोच्च अदालत पुगेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेलगतै नेपाली कांग्रेस पनि संसद पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुगेको हो ।

कांग्रेसका अधिकांश नेताहरु फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनुपर्ने मत राखिरहेका बेला कांग्रेसले वारेसमार्फत रिट पठाएको थियो । नेकपा एमालेले संसद पुनर्स्थापनाको माग गर्दै यसअघि नै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.