
विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौँ उपत्यकामा संगठन विस्तारको अभियान सुरु गरेको छ । पार्टीले आज (सोमबार) काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको संगठन विस्तारका लागि र्याली आयोजना गरेको छ।
काठमाडौँको बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्याली सिफल चौरमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ। पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि पार्टीले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामलगायत पूर्वका जिल्लामा र्याली र सभा आयोजना गरिसकेको छ । अब काठमाडौँ उपत्यका सहित अन्य जिल्लामा कार्यक्रम गरेर संगठन विस्तार गर्ने अभियान रहेको पार्टीले जनाएको छ ।

























