जेनजी आन्दोलनमा पक्राउ परेकामध्ये ४८ जनाको आपराधिक पृष्ठभूमि

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १४:३०

काठमाडौँ । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूको आपराधिक पृष्ठभूमि देखिएको छ । पक्राउ परेकामध्ये ४८ जना यसअघि पनि विभिन्न आपराधिक कार्यमा संलग्न भई मुद्दा दर्ता भएका व्यक्तिहरू रहेको प्रहरीले खुलासा गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रदर्शनका क्रममा पक्राउ गरी मुद्दा दर्ता गरिएका २९८ जनामध्ये ४८ जना पुरानै प्रतिवादी हुन् ।

पक्राउ परेका ४८ जनालाई प्रहरीले विभिन्न कसुरमा अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यानः ४ जना

आपराधिक उपद्रव सम्बन्धी कसुरः २८ जना

चोरीसम्बन्धी कसुरः ४ जना

हातहतियारसम्बन्धी कसुरः ७ जना

अभद्र व्यवहारसम्बन्धी कसुरः १ जना

ज्यान मार्ने उद्योगसम्बन्धी कसुरः १ जना

एक जना व्यक्ति आपराधिक उपद्रव र चोरीसम्बन्धी दुबै कसुरमा अनुसन्धानमा छन्।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार पक्राउ परेका ४८ जनाको यसअगाडिको पृष्ठभूमि केलाउँदा ज्यान मार्ने, अभद्र व्यवहार, आपराधिक उपद्रव, सार्वजनिक अपराध, किर्ते, बैंकिङ कसुर, लागुऔषध, कुटपिट–अंगभंग, चोरी, ठगी जस्ता गम्भीर प्रकृतिका मुद्दा दर्ता भएको पाइएको छ । यसले आन्दोलनमा आपराधिक समूहको घुसपैठ भएको संकेत गरेको छ ।

प्रदर्शनका क्रममा काठमाडौँमा ठूलो क्षति भएको थियो । यस क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित ९७ वटा प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । प्रदर्शनको सो क्रममा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको जानकारी समेत दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.