
काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशमा आंशिक बदलीकाे सम्भावना छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

























