
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै राजधानीमा जनदबाब कार्यक्रम आयोजना गर्दैछ।
पार्टीले राजसंस्था र हिन्दु राज्यको मुद्दालाई पुनः स्थापित गर्न तथा राजनीतिक दल र ‘जेन जी’ पुस्ताबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले यो बृहत् सभा र जनप्रदर्शन कार्यक्रम गर्न लागेको हो।
उक्त विरोध कार्यक्रम आज बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा सुरु हुनेछ।

























