राजसंस्था माग्दै राप्रपा सडकमा

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १३:५८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको मागलाई केन्द्रमा राखेर आज (मंगलबार) राजधानीमा ‘नवीन समझदारीका लागि दबाब’ भन्दै विरोध प्रदर्शन तथा बृहत् सभा आयोजना गरेको छ।

काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजित जनदबाब कार्यक्रममा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता थियो। राप्रपाले मुख्यगरी राजनीतिक दल र नयाँ पुस्ता (जेनजी) बीच राजनीतिक विषयमा नवीन समझदारी स्थापित गर्न दबाब दिने उद्देश्यले यो प्रदर्शन गरेको जनाएको छ।

शान्तिबाटिकामा आयोजित सभामा पार्टीका शीर्ष नेताहरूले देशमा अस्थिरता बढिरहेको भन्दै राजसंस्थालाई पुनः संवैधानिक भूमिकामा स्थापित गर्न र नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य घोषणा गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय युवाहरूमाझ बढ्दो निराशा र राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्न पुरानो र नयाँ पुस्ताबीच समन्वय आवश्यक रहेको सन्देश दिन यो जनप्रदर्शन आयोजना गरिएको राप्रपाको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.