भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छौँ : प्रधानमन्त्री

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १४:०५

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार केवल चुनावी सरकार मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार तयार रहेको घोषणा गरेकी छन् ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन्। ‘यो सरकार चुनावी सरकार मात्र होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो। सरकारले नियमित कार्यसँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ।’

उनले जेनजीका माग र अपेक्षाबमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्न सक्ने भए पनि भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार दृढ रहेको स्पष्ट पारिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्।’ उनले सुशासन कायम गर्नका लागि राज्य संयन्त्र क्रियाशील रहेको पनि जानकारी दिइन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.