कांग्रेस नेता चन्द्र भण्डारीद्वारा सभापति पदमा उम्मेदवारी घोषणा

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १०:३०

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता भण्डारीले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्।

‘साथीहरूको जिज्ञासा मेरो धारणा’ भन्दै उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित।”

उनले आफ्नो उम्मेदवारीलाई देश, जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकताअनुसार समायोजन गर्न सकिने संकेत गरेका छन्। “तर देश जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म-जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,” उनले भनेका छन्।

भण्डारीले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै आफ्नो कदम चाल्ने बताएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.