एमाले महाधिवेशन प्रतिनिधि टुंगो: २१५४ जना सहभागी हुने

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १३:५८

काठमाडौँ ।  नेकपा (एमाले) ले आगामी मंसिर २७ गते देखि सुरु हुने आफ्नो बहुप्रतीक्षित ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण प्रतिनिधिहरूको अन्तिम टुंगो लगाएको छ। पार्टीको प्रतिनिधि–व्यवस्थापन समितिको बुधवार बसेको महत्वपूर्ण बैठकले महाधिवेशनमा सहभागी हुने कुल संख्यालाई अन्तिम रूप दिएको हो।

बैठकको निर्णय अनुसार, यस पटकको महाधिवेशनमा २१५४ जना प्रतिनिधिहरू सहभागी हुनेछन्। यी प्रतिनिधिहरू पार्टीको विधानबमोजिम निर्वाचित, विभिन्न क्षेत्रबाट विशेष मनोनित गरिएका र पदेन सदस्यहरू गरी तीनै श्रेणीमा विभाजित छन्। एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले प्रतिनिधिहरूको संख्या टुंगो लागेको पुष्टि गर्दै महाधिवेशनको तयारीले अन्तिम रूप लिएको जानकारी दिएका छन्।

महाधिवेशनलाई थप समावेशी र सल्लाहकारमूखी बनाउनका लागि पार्टीले केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यहरूलाई पनि महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। यसले गर्दा पार्टीका पुराना तथा अनुभवी नेताहरूको सुझाव महाधिवेशनको निर्णय प्रक्रियामा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

महाधिवेशनमा यी प्रतिनिधिहरूले आगामी पाँच वर्षका लागि पार्टीको नीति तथा कार्यक्रम तय गर्नुका साथै पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्नेछन्। महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक सरगर्मी बढेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.