
काठमाडौं ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भूभागमा आंशिक बदली रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।
हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।

























