
काठमाडौं । देशभर मौसम आज आंशिक बदलीबाहेक मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

























