
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। आज ४ जना नयाँ मन्त्री थपेर उहाँले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न गर्न लागेकी हुन् ।
स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ । श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।
नयाँ मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे हुनेछ। यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरेर १० सदस्य पुर्याइएको थियो। चौथोपटक विस्तार भएपछि अब मन्त्रिपरिषद् १४ सदस्यीय हुने भएको छ।

























