नेपाल-भारत सीमाका २७ सय स्तम्भ सशस्त्र प्रहरीद्वारा मर्मत

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १२:४१
फाइल तस्बिर

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले नेपाल-भारत सीमा कायम गर्ने करिब २७ सय सीमा स्तम्भ मर्मत तथा रंगरोगन गरेको छ । यो काम आर्थिक वर्ष २०८०/८१ यता गरिएको हो ।

नेपाल र भारतका सीमा कार्यदलको संयुक्त बैठकले सीमा सुरक्षा संयन्त्रलाई स्तम्भ मर्मतसम्भारको जिम्मेवारी दिएपछि सशस्त्र प्रहरीले यो कार्य अगाडि बढाएको हो । सशस्त्र प्रहरीका प्रवक्ता मनिष थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिको जानकारी अनुसार, कुल मर्मत गरिएका २ हजार ६ सय ९० स्तम्भमध्ये आर्थिक वर्ष २०८०/८१ मा २,१३७, २०८१/८२ मा ४९८ र चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ५५ स्तम्भको मर्मत गरिएको छ।

प्रवक्ता थापाका अनुसार, मर्मत गरिएका स्तम्भहरूमा मुख्य स्तम्भ २५८ वटा, सहायक स्तम्भ ६६२ वटा र बाँकी साना स्तम्भहरू रहेका छन्। यसै अवधिमा भारतले आफ्नो तर्फबाट ९२५ स्तम्भ मर्मत गरेको छ। नेपाल र भारतबीच करिब १ हजार ८८० किलोमिटर लम्बाइको सीमा जोडिएको छ। सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले करिब १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ, जसमध्ये २५० बोर्डर आउट पोस्ट (बीओपी) मार्फत सीमामा जनशक्ति तैनाथ गराइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.