पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १३:४४

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा आज (शुक्रबार) जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले दुर्घटनामा जिपमा सवार ३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले जानकारी दिए। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.