एमाले महाधिवेशन: १०८ प्रतिनिधि मनोनित

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार ११:४७

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले विधानको वैधानिक व्यवस्थाअनुसार ५ प्रतिशत मनोनयन गर्न पाउने कोटा अन्तर्गत यी प्रतिनिधिहरू चयन गरेको हो।

योसँगै महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधि संख्या २ हजार ५७१ पुगेको छ। एमाले संगठन विभागका सचिव एवं प्रतिनिधि व्यवस्थापन समितिका सदस्य माधव ढुंगेलले दिएको जानकारी अनुसार मनोनयनबाहेक २ हजार १५४ जना महाधिवेशन प्रतिनिधिहरू भने पूर्व निर्धारित मापदण्ड र सचिवालयको निर्णयबमोजिम चयन भइसकेका छन्।

मनोनयन गरिएका १०८ जना प्रतिनिधिसहित कूल २ हजार २६२ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्। यसबाहेक, ३०९ जना केन्द्रीय सल्लाहकारहरूले समेत महाधिवेशनमा पर्यवेक्षकको रूपमा सहभागिता जनाउनेछन्।

यसरी, एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कुल २ हजार ५७१ जना सहभागी हुने भएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.