एमाले महाधिवेशन: प्रतिनिधि मनोनयनमा विवाद, पोखरेल समूहको आपत्ति

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार ११:५२

काठमाडौं । नेकपा (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरिएपछि पार्टीभित्रै विवाद उत्पन्न भएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै गम्भीर असहमति जनाएको छ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले विधानको वैधानिक व्यवस्थाअनुसार ५ प्रतिशत मनोनयन गर्न पाउने कोटा अन्तर्गत यी प्रतिनिधिहरू चयन गरेको थियो।

पोखरेल समूहको आरोप छ कि सचिवालय बैठकमा मनोनित गरिने प्रतिनिधिहरूलाई ६०/४० को अनुपातमा टुङ्गो लगाउने सहमति भएको थियो। तर, उक्त सहमति विपरीत ओली समूहले एकलौटी रूपमा सूची सार्वजनिक गरेपछि विवाद चर्किएको हो।

पोखरेल समूहका पत्रकार राजेश राईले सामाजिक सञ्जाल फेसबुकमा असहमति सार्वजनिक गर्दै लेखेका छन्, “हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो। सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो। तर उक्त सहमति विपरीत एकपक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको छ।”

महाधिवेशनमा कुल सहभागी संख्या

पार्टीभित्र विवाद रहे तापनि महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या भने निश्चित भइसकेको छ। एमाले संगठन विभागका सचिव एवं प्रतिनिधि व्यवस्थापन समितिका सदस्य माधव ढुंगेलले दिएको जानकारी अनुसार, मनोनयनबाहेक २ हजार १५४ जना प्रतिनिधिहरू पूर्व निर्धारित मापदण्डबमोजिम चयन भइसकेका छन्।

मनोनयन गरिएका १०८ जना प्रतिनिधिसहित कूल २ हजार २६२ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्। यसबाहेक, ३०९ जना केन्द्रीय सल्लाहकारहरूले समेत महाधिवेशनमा पर्यवेक्षकको रूपमा सहभागिता जनाउनेछन्। यसरी, एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कुल २ हजार ५७१ जना सहभागी हुने भएका छन्।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.