एमाले महाधिवेशन : सल्लाघारीमा सुरक्षा कडा

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार ११:५७

काठमाडौं । नेकपा (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज मध्याह्न १२ बजेपछि भक्तपुरको सल्लाघारीमा सुरु हुने तयारी छ। औपचारिक समारोह सुरु हुनुअघि साँस्कृतिक कार्यक्रम र विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी गरिएको छ।

महाधिवेशनमा सहभागी हुन आएकाहरूलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ। गेटमा तैनाथ प्रहरीहरूले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश दिइरहेका छन्। उनीहरूले झोला र शरीर खानतलासी समेत गरेका छन्।

सुरक्षाका लागि विष्फोटक पदार्थ पत्ता लगाउने उपकरण र विशेष तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ। महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता गाडी रिजर्भ गरेर आएका छन्। गाडीमा चढेर आएकाहरूलाई गठ्ठाघर, सानोठिमी, जगाती लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।

 

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.