
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा शुक्रबार दिउँसो आगलागीका दुई छुट्टाछुट्टै घटना भएका छन् । आगलागीका कारण लाखौंको क्षति भएको छ ।
प्रहरीका अनुसार धनपालथान गाउँपालिका–७ कमलपुरमा दिउँसो स्थानीय आशाकुमारी ठाकुरले खेतमा रहेको परालको ठुटा जलाउने क्रममा आगो अनियन्त्रित हुँदा छिमेकी पञ्चलाल ठाकुरको उखुबारीमा पनि क्षति पुगेको छ । आगलागीबाट ठाकुरको करिब ३ कठ्ठा जमिनमा लगाएको उखु पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
शुक्रबार धनपालथान–१ गडेरियामा स्थानीय मानिकचन मण्डलको गोठबाट सुरु भएको आगो फैलिँदा छिमेकीको गोठ पनि जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।























