
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी पार्टी भएको दाबी गरेका छन् । शनिबार नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
भदौं २३ र २४ गतेको घटनालाई आततायी घटना भएको दाबी गरेका ओलीले एमाले जस्तोसुकै परिस्थीतिलाई चिरेर अघि बढ्न सक्ने पार्टी भएको बताए । पुराना पार्टी सकिए भन्दै हल्ला गरिएको बताउँदै उनले एमाले अजम्बरी पार्टी भएको बताए ।
उनले देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानका लागि एमाले प्रतिवद्ध रहेको बताए । एमाले देशभक्ता र जनताको पार्टी भएकाले निर्णायक शक्ती बनाउने बताए ।
























