मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक पक्राउ

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार ०९:३३

विराटनगर । मोरङमा भएकाे दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पैदलयात्री र एक ट्याक्टर सह–चालकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, शनिबार साँझ करिब ७:३५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षका परिचय नखुलेका विराटनर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हाे । प्रहरी चौकी झोराहाटको टोलीले मोटरसाइकल चालक १८ वर्षीय इसान पौडेललाई नियन्त्रणमा लिएको छ ।

सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँमा आइतबार बिहान ५:४५ बजे को १ त ६४५८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । भित्री सडक खण्डमा गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी सह–चालक स्थानीय २६ वर्षीय अतित राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा बिहान ७:१५ बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ ।

ट्याक्टर चालक ४० वर्षीय प्रेम कुमार राईलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.