जेन-जी फ्रन्टले देशव्यापी ‘जागरण सभा’ गर्दै, झापाबाट सुरु

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १२:०३

काठमाडौँ । नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यो अभियान सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौताको पृष्ठभूमिमा घोषणा गरिएको हो। अभियानअन्तर्गत पहिलो जागरण सभा आज (आइतबार) झापा क्षेत्रनम्बर ५ को दमकबाट सुरु हुनेछ। झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्र पनि हो।

नेपाल जेन-जी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार, यस जागरण सभाको मुख्य उद्देश्य जेन-जी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकसँग संवाद गर्ने, र सम्झौतापछि हुने कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ।

कार्यक्रममा स्थानीय रूपमा आन्दोलनमा सक्रिय अगुवा, नागरिक समाजका प्रतिनिधि, साथै राष्ट्रियस्तरमा जेन-जी आन्दोलनको नेतृत्व गरेका युवाहरूले सम्बोधन गर्नेछन्। नेपाल जेन-जी फ्रन्टकातर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेनजीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ लगायत वक्ताका रूपमा रहनेछन्। सदस्य ओझा झापा क्षेत्र नं. ५ कै स्थायी बासिन्दा र मतदाता हुन्।

यो ‘जागरण सभा’ मार्फत जेन-जी फ्रन्टले युवा पुस्ताको सरोकार र आन्दोलनका उपलब्धिहरूलाई देशव्यापी रूपमा पुर्‍याउने लक्ष्य लिएको छ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.